धादिङ । गजुरी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा कबाडीको समानभित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ