काठमाडौँ । स्वास्थ्य सेवा दिवसका अवसरमा पाँच कर्मचारी पुरस्कृत भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार एकजनालाई उत्कृष्ट र चारजनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् ।
उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार पाउनेमा जिल्ला अस्पताल दार्चुलामा कार्यरत सिनियर अनमी बबिता विष्ट छिन् । उनलाई एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई जनही ५० हजार रुपैयाँ राशीले पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत
तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने कार्ययोजना माग
इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर