काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल क्रिकेट संघ (क्यान) ले पारिश्रमिकमा महिला र पुरुषबीच विभेद गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
संविधानले महिला होस् वा पुरुष, समान कामका लागि समान ज्यालाको सुनिश्चिता गरेको उल्लेख गर्दै उनले क्यानले किन भेदभाव गरेको भनी प्रश्न गरेका हुन्।
क्यानले सोमबार राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गर्दै मासिक तलब निर्धारण गरेको छ। जसअनुसार ग्रेड ‘ए’ मा परेका पुरुष खेलाडीलाई मासिक एक लाख तथा ग्रेड ‘ए’मा परेका महिला खेलाडीलाई मासिक ५० हजार रुपैयाँ तलब तोकिएको छ।
‘समान कामको लागि समान ज्याला’ आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो। नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा १८ समानताको हक को उपधारा (४) मा प्रस्ट लेखिएको छ– ‘समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन’, सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रश्न गरेका छन्, ‘अनि कसरी गर्न मिल्छ क्यानले पुरुष र महिला खेलाडीलाई यस्तो विभेद?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव