काठमाडौँ। माओवादी सांसद माधव सापकोटाले वर्तमान व्यवस्था र संविधानको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले व्यवस्थाको बारेमा अनर्गल प्रचार भइरहेको भन्दै त्यस्तो धारणा राखेका हुन् । उनी राप्रपाविरुद्ध खनिएका छन् ।
‘यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद भएर लोगो लगाएर सारा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने प्रदेशतिर गएर सभामुख पनि लिइहाल्ने फेरि यो संविधानलाई विरोध गर्ने’, उनले भने, ‘यो संविधान र यो व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्र हुन सक्दैन ’
सापकोटाले संसद्को लोगो लगाएर सेवा सुविधा लिने र व्यवस्थाको विरोध गर्ने भन्दै त्यो नैतिकपूर्ण नरहेको टिप्पणी गरेका थिए । संसद्मा संविधानविरुद्ध आवाज उठ्न थालेको भन्दै त्यसमा ध्यान दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
गुठी विधेयक ल्याएर पीडितलाई न्याय दिइयोस् : सांसद सापकोटा
गाँजा खेती खुला गर्ने नीति लागू गर्नुपर्छ : माधव सापकोटा
माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
संविधानको व्याख्यात्मक घोषणामा जनयुद्ध स्वीकार गरिएको छ : माधव सापकोटा
ऊर्जामन्त्री र राज्यमन्त्रीबाट डकैती शैलीमा निर्णयको प्रयास भयो : माधव सापकोटा