हरेक जिल्लामा पूर्वन्यायाधीश सम्मिलित मिटरब्याज पीडित इजलास बनाउ : सुमना श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १२ : १०
हरेक जिल्लामा पूर्वन्यायाधीश सम्मिलित मिटरब्याज पीडित इजलास बनाउ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गरेकी छन् ।आइतबार प्रतनिधि सभाको शून्य समयमा बोल्दै उनले कानुनसम्मत भयो भन्दैमा सबै कुरा न्यायोचित नहुने सक्ने बताइन् ।

प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तपाईंले भन्ने गरेको जनवाद यो वर्गको लागि चाहिएको छ । तपाईंले निर्णायक काम गर्नुपर्‍यो ।’हरेक जिल्लामा मिटरब्याज पीडितको लागि छिटो न्याय दिलाउन पूर्वन्यायाधीश सम्मिलित मिटरब्याज पीडित इजलास बनाउन प्रधानमन्त्रीलाई उनको सुझाव छ । उनी थप्छिन्, ‘…छानबिनको लागि के स्रोत चाहन्छि दिनुस् ।’

अहिलेको लम्बेतान प्रक्रियामा टिरब्याज पीडितले न्याय नपाउने दाबी गर्दै उनले थपिन्, ‘यो तत्काल गर्नुस् र मिडियम समयमा समाजशास्त्रीहरुलाई खटाउनुस् र पत्ता लगाउनुस् किन लिन्छन् आम मानिसले चर्को ब्याजमा ऋण ?’

एउटा कोष बनाएर निम्न वर्गलाई सहुलियत ब्याजदरमा सरकारले नै ऋण दिन सक्ने पनि उनको सुझाव छ । मिटरब्याजीहरुलाई राजनीतिक दलको प्रशय रहेको समेत थाहा पाएको उनले सुनाइन् । पटक-पटक प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बोलेकी रास्वपा सांसद श्रेष्ठले भनेकी छन्, ‘सामन्तवादविरुद्ध युद्ध गर्नुभएको प्रधानमन्त्रीज्यु, अहिले सामान्तवादकै प्रतिक मिटरब्याजी साहुकारहरुलाई विभिन्न राजनीतिक मान्छेहरुले प्रशय दिएको कुरा हिजो छलफलमा थाहा पाएँ । यसलाई अन्त्य गर्नुस् ।’

 

प्रतिक्रिया दिनुहोस