काठमाडौं। संसद्मा बोल्दा संयमित भएर बोल्ने सत्तापक्षको प्रतिबद्धतापछि प्रतिनिधि सभा बैठक सुचारु भएको छ ।कांग्रेस सांसद राजेन्द्र केसीले संसद्मा कोरम पुर्याउन नदिन सांसदलाई बाहिर पठाएको आरोप लगाएपछि शुक्रवार प्रतिनिधि सभा बैठक अवरुद्ध भएको थियो ।
शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्को बैठकलाई स्वस्थ, मर्यादित र प्रभावकारी बनाउन आग्रह गरे ।
संसद् प्रभावकारी नहुँदा सरकार पनि निष्प्रभावी हुने भन्दै उनले बैठकमा बोल्दा सत्ता र प्रतिपक्षका सांसद जिम्मेवार र संयमित हुनुपर्ने लेखकले उल्लेख गरे । शुक्रवारको पहिलो बैठकमा भएको अवरोध गलत भन्दै उनले संसदमा धैर्यता पूर्वक कुरा राख्न आग्रह गरे ।
त्यसपछि नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षका सांसदको व्यवहार उग्र भएको टिप्पणी गरे ।बर्तौलाले बोलेपछि प्रतिनिधि सभाको बैठक सुचारु भएको छ । बिहानको बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित
सर्यो प्रतिनिधि सभा बैठकको समय
प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित
साढे तीन बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
प्रधानमन्त्रीको सल्लाहकार टिमप्रति काँग्रेसले उठायो प्रश्न