काठमाडौँ । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानुन निर्माणसम्बन्धी संकल्प प्रस्ताव पेस गरिएको छ ।शुक्रवार राष्ट्रिय सभा बैठकमा नेकपा (एमाले)की सांसद दिलकुमारी थापा रावल (पार्वती) ले सो प्रस्ताव पेस गरेकी हुन् ।
संवैधानिक व्यवस्थाअनुसार संविधान जारी भएको ३ वर्षभित्र मौलिक हकसँग सम्बन्धित कानुन बनिसक्नु पर्नेमा ८ वर्ष बितिसक्दा पनि नबनेकाले आगामी २०८१ साल असोज ३ गतेभित्र सो कानुन निर्माण गरिसक्नका लागि संकल्प प्रस्ताव पेस गर्नुपरेको बताइन् ।
सो संकल्प प्रस्तावमा अझै ४० वटा कानुनहरू संघीय सरकार बनाउनुपर्ने उल्लेख गरिएको छ । सांसद रावल प्रस्तावक रहेको सो संकल्प प्रस्तावमा माननीय सदस्य दिलकुमारी थापा रावल पार्वती सांसदहरु देवेन्द्र दाहाल, अनिता देवकोटा, गोपीबहादुर सार्की, जयन्तीदेवी राई, मोहम्मद खालिद, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, डा. विमला राई पौडयाल र खिमलाल देवकोटा समर्थक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै