काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा मात्रै होइन्, राष्ट्रिय सभामा पनि नयाँ समिकरण निर्माण भएको छ । माघ ११ गते भएको राष्ट्रिय सभाका रिक्त पदहरुको चुनावमा प्राप्त नतिजाले दलहरुको त्यहाँको पोजिसन पनि अदल बदल गरेको छ ।
तर अझै पनि राष्ट्रिय सभामा एउटा पद रिक्त छ । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा रिक्त १ पद सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुपर्ने कोटाको बाँकी छ । संविधान अनुसार, राष्ट्रियसभामा ५६ जना प्रत्येक प्रदेशबाट ८-८ जनाका दरले चुनिएर आउँछन् भने ३ जना राष्ट्रपतिद्वारा मनोनीत हुने व्यवस्था छ । राष्ट्रपतिद्दारा मनोनित हुने ३ मध्येको एक पद रिक्त भएकोले त्यसमा को पुग्लान् ? भन्ने अहिले चासोको विषय बनेको हो ।
प्रतिनिधिसभामा झण्डै दुई तिहाई (दुई सिट कम) १८२ (प्रत्यक्ष र समानुपातिक गरी) सिट प्राप्त रास्वपा राष्ट्रिय सभामा उपस्थिती सून्य छ । रास्वपाले संविधान संशोधन वा राष्ट्रपति या उपराष्ट्रपति फेर्न चाहेमा संघीय संसदकै दुई तिहाई सांसदहरुको साथ आवश्यक पर्छ । अहिलेको राष्ट्रियसभाको अंकगणितले रास्वपालाई सहज त्यो बाटोमा हिड्न दिँदैन ।
सून्य सिटमा रहेको रास्वपाले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त १ सांसदमा आफु निकटका ब्यक्तिलाई लिएर जान चाहेको छ । त्यसका लागि उसले आफु निकटका नाममा छलफल थालेको छ । तर त्यस्तो सिफारिस सुशीला कार्की नेतृत्वको सरकारले गर्ने या रास्वपाका बालेन प्रधानमन्त्री भएपछि गर्ने भन्नेमा छलफलकै क्रममा रहेको छ ।
यधपी यस विषयमा अन्तरिक चुनावी सरकारका प्रधानमन्त्री कार्की र बालेनका बीचमा ठूलो मतभेद भने देखिने अवस्था नरहेको प्रधानमन्त्री कार्की निकट स्रोतको भनाई छ । तर, सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त १ पदमा राष्ट्रपति पौडेल आफ्नै मान्छे सिफारिस होस् भन्ने चाहिरहेका छन् ।
त्यसका लागि उनले आफ्नै छोरी संज्ञालाई मनोनीत गर्न चाहेका छन् । यसअघि पनि नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा रहेको उनको नाम विवाद भएपछि हटाइएको थियो । पौडेलले आफ्नो छोरी नभए तनहुँकै एक जना स्थानीय शिक्षकको नामसमेत प्रधानमन्त्री कार्कीसँग लिएका छन् । तर प्रधानमन्त्री कार्कीले यसबारेमा केही बोलेकी छैनन ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार निर्माण देखि चुनाव सम्पन्न गराउन समेत आफुले खेलेको सहजीकरणको भूमिका र कार्की नेतृत्वको सरकारलाई सफल बनाउन खेलेको भूमिकालाई समेत मध्यनजर गरेर सरकारले आफुले चाहेको ब्यक्ति नियुक्तका लागि सिफारिस गरोस् भन्ने राष्टपति पौडेलको चाहना देखिएको स्रोत बताउँछ । तर प्रधानमन्त्री कार्की भने अहिलेका अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो प्राथमिकतामा राखेर सिफारिस गर्न चाहान्छिन् । आफुलाई चुनाव गराउन निरन्तर सहयोगी भूमिका खेलेका आधारमा खनाल प्रधानमन्त्री कार्कीको पहिलो रोजाईमा छिन् ।
खनाल बालेनका लागि पनि उपयुक्त पात्र देखिएका छन् । उनी खनाललाई मनोनित गरेर बालेन नेनृत्वको सरकारमा फेरि पनि अर्थमन्त्रीको जिम्मेवारीमा लैजान चाहान्छिन् । खनाल नभए अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल पनि प्रधानमन्त्री कार्कीको दोस्रो रोजाईमा छन् ।
तर अर्यालसँग रास्वपाका नेताहरु सन्तुष्ट छैनन । चुनावमा मुखमा उनले दिएको अभिब्यक्ति देखि अन्य कतिपय विषयमा अर्यालसँग स्वयम बालेन र उनका निकट नेताहरु पछिल्लो समय सन्तुष्ट नदेखिएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ फागुन २०८२, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची