राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने

सफल खबर संवाददाता

विहीबार, १० फागुन २०८०, १५ : ३०
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने

काठमाडौँ । राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने भएको  छ । व्यवस्थाको अन्त्य गर्न, हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटर ब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न भन्दै प्रदर्शन गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ । 

बिहीबार काठमाडौँमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । जनप्रदर्शनका क्रममा उपत्यकाभित्र क्षेत्रीय भेला र कोणसभाहरू हुनेछन् ।