निर्वाचन आयोगमा पुग्यो रेशम चौधरी पार्टी अध्यक्ष भएको जानकारी

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १६ : ५२
निर्वाचन आयोगमा पुग्यो रेशम चौधरी पार्टी अध्यक्ष भएको जानकारी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष रेशम चौधरी भएको जानकारी निर्वाचन आयोगमा पुगेको छ ।

२७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका थिए । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार गत माघ २९ गते नाउपाले निर्वाचन आयोगमा निवेदन दिएको हो । राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ अनुसार राजनीतिक दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्न (लोगो) मा परिवर्तन वा संशोधन गरेको र पदाधिकारीको हेरफेर भएको खण्डमा ३० दिनभित्र निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने हुन्छ । त्यसअनुसार नै नागरिक उन्मुक्ति पार्टीले महाधिवेशनबाट भएको पार्टी पदाधिकारी हेरफेर अनुसार दलको अभिलेख अद्यावधिकका लागि आयोगमा निवेदन दिएको हो ।

प्रतिक्रिया दिनुहोस