कैलाली । बाल्टीको पानीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका-१ शान्तिनगर बस्ने सृजना चौधरीको छोरी १ वर्षीया आरोही चौधरीको घरको नल्का नजिकै भरिएको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो ।
सोही नगरपालिका-१ चमेलीपुर मामा घर आएकी अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु
पानी ट्यांकीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु