काठमाडौ । सङ्घीय निजामती सेवा विधेयक मन्त्रीपरिषद्बाट अनुमोदन भए पनि अलपत्र परेको छ । सो विधेयक मन्त्रीपरिषद्ले गत भदौ २१ गते संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो ।
पाँच महिनायता विधेयक कुन अवस्थामा छ भन्नेबारेमा कुनै पनि निकाय आधिकारिक जवाफ दिने अवस्थामा छैनन् । मन्त्रीपरिषद्बाट अनुमोदन भएलगत्तै स्थानीय तहका कर्मचारीको आन्दोलनलगायतका कारण सरकारले विधेयकलाई दर्ताको प्रक्रियामा लैजान सकेन ।
विगतदेखि नै कर्मचारी सङ्गठन र स्वार्थ समूहको दबाबसमेतले कानुन पारित गर्न संसद्लाई सधैँ सकस पर्ने गरेको छ ।
दर्ता अनुमति पाएपछि दर्ता हुन नसक्नु मात्र हैन, संसद्मा पुगेपछि पनि कर्मचारीसँग सम्बन्धित विधेयक अघि बढाउन निकै सङ्घर्ष गर्नुपरेका दृष्टान्त छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ फागुन २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा