काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ।
बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्नेछन्।
यस अघि बसेको पार्टी केन्द्रीय समिति बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको बाटो असफल भएकोले व्यवस्था र प्रणाली परिवर्तन गर्नको लागि आन्दोलनमा जाने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ फागुन २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै