काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विधान अधिवेशनमा नेताहरूले पार्टीको नाम र चुनाव चिह्न फेर्न सुझाव दिएका छन् ।
विधान अधिवेशनको दोस्रो दिन बुधबार समूहगत छलफलबाट सुझाव राख्ने क्रममा पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव दिइएको हो ।
पार्टी केन्द्रीय सदस्य एवं समूहगत टोलीका तर्फबाट बोल्दै हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको बताए। उनले नागरिकता पाएपछि पार्टीको सदस्यता प्राप्त गर्ने व्यवस्था बनाउनुपर्ने सुझाव दिँदै पार्टीका आयोगलाई शक्तिशाली बनाउनुपर्ने र सबै पार्टी समितिलाई साना र छरितो बनाउनुपर्ने सुझाव दिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बैठकमा उठेको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !
अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा आयोजित बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन