काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विधान अधिवेशनमा नेताहरूले पार्टीको नाम र चुनाव चिह्न फेर्न सुझाव दिएका छन् ।
विधान अधिवेशनको दोस्रो दिन बुधबार समूहगत छलफलबाट सुझाव राख्ने क्रममा पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव दिइएको हो ।
पार्टी केन्द्रीय सदस्य एवं समूहगत टोलीका तर्फबाट बोल्दै हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको बताए। उनले नागरिकता पाएपछि पार्टीको सदस्यता प्राप्त गर्ने व्यवस्था बनाउनुपर्ने सुझाव दिँदै पार्टीका आयोगलाई शक्तिशाली बनाउनुपर्ने र सबै पार्टी समितिलाई साना र छरितो बनाउनुपर्ने सुझाव दिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बैठकमा उठेको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन