काठमाडौँ । हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ३३ अङ्कले बढेर २ हजार एक सय १ दशमलव १६ विन्दुमा पुगेको छ । आज अन्य बाहेक अरु सबै समूहको शेयर उकालो लागेको छ ।
बोटलर्स नेपाल, समाज लघुवित्त, खुटेली बुखारी हाइड्रोपावर कम्पनी, चिरख्वा हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फण्ड-२ को शेयर झण्डै नौ प्रतिशतले घटेको छ ।
आज एक करोड एक लाख आठ हजार कित्ता शेयर तीन अर्ब ५८ करोड ६९ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको २३ करोड दुई लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ माघ २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार