यू-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

एजेन्सी

आइतबार, २८ माघ २०८०, ०८ : २६
यू-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

एजेन्सी । विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्। 

खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा सुरु हुनेछ।  पाकिस्तानलाई  हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा पुगेको हो भने चार पटक च्यम्पियन बन्ने दाउमा छ। 

पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी अन्डर नाइन्टिन विश्वकपको सर्वाधिक सफल टोली हो। 

जारी विश्व कपमा नेपालले पनि प्रतिस्पर्र्धा गरेको थियो। नेपाल सुपरसिक्समा पुग्दे बाहिरिएको थियो। 

प्रतिक्रिया दिनुहोस