काठमाडौं। पूर्वराष्ट्रपति विद्या भण्डारी र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच विमानस्थलमा जम्काभेट भएको छ । विराटनगरमा जाने क्रममा उनीहरूबीच शुक्रवार बिहान त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भेट भएको हो ।
न्युदृष्टि पत्रिकाको वार्षिकोत्सव तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी हुन भण्डारी विराटनगर जाँदै थिइन् । त्यसक्रममा भण्डारी र खनालबीच समान्य कुराकानी भएको हो ।
भण्डारी र खनाल दुवैजना नेपालमा वामपन्थी पार्टीहरूबीच एकता हुनुपर्ने धारणा राख्दै आएका छन् । गतवर्षको फागुनमा राष्ट्रपतिको कार्यकाल पूरा गरेकी भण्डारी शुक्रवार पहिलो पटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन लागेकी हुन् ।
उनी शुक्रवार नै राजधानी फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । विमानस्थलमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, धनकुटाका प्रतिनिधि सभा सदस्य राजेन्द्र राइ र एमाले नेत्री निरु पाल थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको महाधिवेशनले जबजलाई आत्मसात् गर्दै स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यसहित योग्य र सक्षम नेतृत्व चयन गर्छ’ : विद्या भण्डारी
एमाले महाधिवेशनलाई शुभकामना दिँदै विद्या भण्डारीले यस्तो भनिन् ?
पूर्वराष्ट्रपति विद्या भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'
ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पुनः संवाद गर्ने
नेता-कार्यकर्तासँग भेटवार्ता गर्न बारा पुगिन विद्या भण्डारी