काठमाडौँ । चितवन, रत्ननगर नगरपालिका–९ कफुरफोरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २४ मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ २ किलो र नगद ४४ हजार २ सय ६० रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका–२ बस्ने २८ वर्षीय सुनिल पुन र सोही नगरपालिका–१३ बस्ने २६ वर्षीय निरोज मगर रहेका छन् । इलाका प्रहरी कार्यालय रत्नानगर टाँडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कटेजभित्र लुकिछिपी बसेका उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका(५ साइमार्गस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २८ वर्षीय रूपेश भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नवीन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका–८ ढकाल टोल बस्ने २३ वर्षीया गीता विष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ मेचीनगर नगरपालिका–१० बस्ने ३१ वर्षीय मेग्देन गुरूङले ल्याउन लगाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
४० लाखसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ