एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानसँग कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकाले इरानलाई नक्साबाटै मेटाइदिएको दाबी गरे।
न्युयोर्क टाइम्सले उनको युद्ध रेकर्डका बारेमा गरेको विश्लेषणको जवाफ दिँदै ट्रम्पले इरानमा आफ्ना लक्ष्यहरू निर्धारित समयभन्दा हप्तौं अगाडि नै प्राप्त गरिसकेको बताएका छन्।
ट्रम्पले इरानको सैन्य र राजनीतिक शक्तिको चित्रण गर्दै लेखेका छन्, 'उनीहरूको नेतृत्व समाप्त भएको छ, उनीहरूको नौसेना र वायुसेना ध्वस्त भएका छन् र उनीहरूसँग अब कुनै पनि रक्षा प्रणाली बाँकी छैन।' उनले अगाडि थपेका छन्, 'अहिले उनीहरू (इरान) सम्झौता गर्न चाहन्छन्, तर म चाहन्नँ।'
मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेकै बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो । उनले इरानमा आफ्ना लक्ष्यहरू प्राप्त गर्न असफल भएको भन्ने टिप्पणीहरूलाई पूर्ण रूपमा खारेज समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ चैत्र २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता