काठमाडौँ। वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार दिउँसो करिब १ बजे नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनलाई साइबर अपराधसम्बन्धी कसुर अन्तर्गत पक्राउ गरिएको हो।
यसअघि भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका थिए। सोही विषयसँग सम्बन्धित घटनाक्रमपछि उनलाई कानुनी प्रक्रिया अनुसार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमल्सीनाले जानकारी दिएका छन्।
डिएसपी तिमल्सीनाका अनुसार भट्टमाथि अनुसन्धानका लागि आज नै म्याद थप गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०८२, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ