काठमाडौँ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
बैंककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।
केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं ८ बाट दुई जना, भीमदत्तनगरपालिका–११ बाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ बाट ब्राउनसुगरसहित दुई जना, धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट दुई जना, सोही उपमहानगरपालिकाको त्रिनगरबाट तीन जना, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ रमवापुरबाट दुई जना र पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कबाट एक जनालाई पक्राउ गरिएको उक्त समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०८२, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्याको अभियोगमा एक जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ