जोर्डन पहिलोपटक एसियन कप फुटबलको फाइनलमा

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १६ : २१
जोर्डन पहिलोपटक एसियन कप फुटबलको फाइनलमा

एजेन्सी । प्रबल दावेदार दक्षिण कोरियालाई पाखा लगाउदै जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा पुगेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत वरीयतामा निकै माथि रहेको दक्षिण कोरिया माथि २–० गोल अन्तरको जित निकाल्दै जोर्डनले पहिलो पटक एसियन कप फुटबलको उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

जोर्डनले खेलको ५३ औं मिनेटमा सुरुवाती अग्रता लियो । मूसा अल तामरीको पासमा बक्सको मध्यभाग बाट गोलकिपर माथि चिप गर्दै याजान अल नैमातले खेलमा जोर्डनलाई अग्रता दिलाएका हुन् । ६६औं मिनेटमा अल तमारीले उत्कृष्ट एकल गोल गर्दै अग्रता जोर्डनको जित सुनिश्चित गरेका हुन् । मैदानको मध्यभागबाट बल लिएर उनले एक्लै अघिबढेर गरेको प्रहार गोल भएको हो ।

अन्तिम १६ मा ईराक र क्वाटरफाइनलमा ताजिकिस्तानलाई पन्छाएर पहिलो पटक सेमिफाइनलको यात्रा तय गदै फाइनलमा पुगेको जोर्डनले उपाधिका लागि इरान र कतारबीचको विजेतासँग खेल्ने छ । कतार र इरान बीच आज दोस्रो सेमिफाइनल भिडन्त हुने छ । फाइनल शनिबार हुने छ ।

प्रतिक्रिया दिनुहोस