दक्षिण कोरिया स्तब्ध, जितसँगै जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा

एजेन्सी

बुधबार, २४ माघ २०८०, ०८ : ५१
दक्षिण कोरिया स्तब्ध, जितसँगै जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा

File pic

एजेन्सी । दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एशियन कपको फाइनलमा पुगेको छ ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए ।

जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो । योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।

प्रतिक्रिया दिनुहोस