नवलपरासी पूर्व । नवलपरासी पूर्वको लोकाहामा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
देवचुली नगरपालिका वडा नम्बर १० लोकाहाको जंगलमा बाख्रा चराउन गएकी स्थानीय ६० वर्षकी ठगिसरा सुनारी मगर गैंडाको आक्रमणबाट घाइते भएकी हुन्।
उनको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते ठगिसराको दल्दलेस्थित देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकैबारीमा भाले गैँडा मृत भेटियो
गैँडाको खागसहित चारजना पक्राउ
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो