तीन कविलाई व्यथित काव्य सम्मान

रासस

सोमबार, २२ माघ २०८०, १६ : ५७
तीन कविलाई व्यथित काव्य सम्मान

काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ ।आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गरे ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा डा लक्ष्मणप्रसाद गौतमले सम्मान पाउने कविहरुको परिचय गराएका थिए ।कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले मन्तव्य राखेका थिए । 

 

प्रतिक्रिया दिनुहोस