काठमाडौँ । भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङल्याण्डलाई पराजित गरेको छ ।भारतले इङल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो । भारतले दिएको ३९९ रनको लक्ष्य पछाएको इङल्याण्ड २९२ रन बनाएर अलआउट भएपछि भारतले यो खेल एक दिन अघि नै १०६ रनले जितेको हो ।
इङल्याण्डका लागि दोस्रो इनिंगमा ज्याक क्रवलीले सर्बाधिक ७३ रन बनाएका थिए । त्यस्तै भारतीय बलर आर आश्विन र जसप्रित बमराहले ३-३ विकेट लिए भने मुकेश कुमार, कुलदीप यादव र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।
यसअघि भारतले पहिलो इनिंगमा ३९६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २५३ रन बनाएको थियो । त्यसपछि भारतले दोस्रो इनिंगमा २५५ रन बनाएर इङल्याण्डलाई ३९९ रनको लक्ष्य दिएको थियो ।
यो जितपछि भारतले ५ खेलको टेस्ट सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल इङल्याण्डले जितेको थियो । अब सिरिजको तेस्रो खेल फेब्रुअरी १५ देखि राजकोटमा हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु