काठमाडौं। नेपाल प्रहरीले साढे ४ किलोग्राम चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ ।प्युठान गौमुखी गाउँपालिका– ३ की ३८ वर्षीय बासु घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले शनिवार पक्राउ गरेको हो ।
उनलाई रुकुमबाट भारत लैजाँदै गरेको ४ किलो ६४६ ग्राम लागुऔषध चरेशसहित कपिलवस्तुको कृष्णनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए ।ती महिलाले झोलामा ९ वटा पोका बनाएर नरेश भारत लैजाँदै गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ
सङ्खुवासभामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी नियुक्त
लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ