साढे चार किलो चरेश भारत लैजाँदै गरेकी महिला पक्राउ

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १० : ४०
साढे चार किलो चरेश भारत लैजाँदै गरेकी महिला पक्राउ

काठमाडौं। नेपाल प्रहरीले साढे ४ किलोग्राम चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ ।प्युठान गौमुखी गाउँपालिका– ३ की ३८ वर्षीय बासु घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले शनिवार पक्राउ गरेको हो ।

उनलाई रुकुमबाट भारत लैजाँदै गरेको ४ किलो ६४६ ग्राम लागुऔषध चरेशसहित कपिलवस्तुको कृष्णनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए ।ती महिलाले झोलामा ९ वटा पोका बनाएर नरेश भारत लैजाँदै गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस