काठमाडौ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान सुरु गर्न लागेको छ ।
आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै रास्वपाले उक्त अभियान गर्न लागेकोहो ।
रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित