काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा भागबन्डाको अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार वीरगन्जबाट प्रकाशित अंकुश दैनिकको रजत वर्ष समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको र विद्यार्थी विदेश पलायन हुने क्रम बढेकाले योग्य र सक्षम उपकुलपति छनोट गर्नुपर्ने औँल्याएका हुन् ।
‘विश्वविद्यालय भत्काउने कि सुधार गर्ने भन्ने जिम्मा हाम्रो हातमा छ । विश्व विद्यालयमा विद्यार्थीहरूको संख्या र विश्वसनीयता घट्दो छ । विदेश पलायन बढ्दो छ । रोजगारी वा अध्ययनका सिलसिलामा युवाहरू विदेश गइरहेका छन् । विश्व विद्यालय बिग्रियो भनेर नै धेरैले देश छाडेका छन् । यस्तो अवस्थामा उपकुलपति नियुक्तिमा भागबण्डा खोज्नु हुँदैन ।’
यति बेला नेपाली काँग्रेस संसदमा, सरकारमा वा स्थानीय सरकार रहेकाले सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने थापाले बताए । पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूले वा जो व्यक्ति जे मा आबद्ध हुनुहुन्छ त्यसमै काम गर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी