काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा भागबन्डाको अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार वीरगन्जबाट प्रकाशित अंकुश दैनिकको रजत वर्ष समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको र विद्यार्थी विदेश पलायन हुने क्रम बढेकाले योग्य र सक्षम उपकुलपति छनोट गर्नुपर्ने औँल्याएका हुन् ।
‘विश्वविद्यालय भत्काउने कि सुधार गर्ने भन्ने जिम्मा हाम्रो हातमा छ । विश्व विद्यालयमा विद्यार्थीहरूको संख्या र विश्वसनीयता घट्दो छ । विदेश पलायन बढ्दो छ । रोजगारी वा अध्ययनका सिलसिलामा युवाहरू विदेश गइरहेका छन् । विश्व विद्यालय बिग्रियो भनेर नै धेरैले देश छाडेका छन् । यस्तो अवस्थामा उपकुलपति नियुक्तिमा भागबण्डा खोज्नु हुँदैन ।’
यति बेला नेपाली काँग्रेस संसदमा, सरकारमा वा स्थानीय सरकार रहेकाले सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने थापाले बताए । पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूले वा जो व्यक्ति जे मा आबद्ध हुनुहुन्छ त्यसमै काम गर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ’: गगन थापा
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा