चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘राष्ट्रव्यापी दबाब अभियान’ भोलि (आइतबार) देखि सुरु हने भएको छ । सरकारको ध्यानाकर्षण गराउन रास्वपाले भोलिदेखि चैत २१ गतेसम्मा ‘राष्ट्रव्यापी दबाब अभियान’ गर्ने भएको हो । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् ।
रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियानको भोलि सिन्धुपाल्चोकको मेलम्चीबाट रास्वपाका सभापति रवि लामिछानेले सुरु गर्दैछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित