काठमाडौँ । राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सो कार्यतालिका स्वीकृत गरेको हो ।
बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसद्लाई पूर्व जानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुनेछ । संसदको आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समय देखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडी बढाउने हो भन्ने विषय टुङ्गो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
सम्भावित कार्यतालिका :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली पुस १९ गते प्रकाशन हुने
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै