काठमाडौँ । राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सो कार्यतालिका स्वीकृत गरेको हो ।
बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसद्लाई पूर्व जानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुनेछ । संसदको आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समय देखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडी बढाउने हो भन्ने विषय टुङ्गो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
सम्भावित कार्यतालिका :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा