नेता, कर्मचारी र व्यापारीले राज्यलाई लुटेर पहुँचको आधारमा उम्कन दबाब दिन्छन् : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १२ : २४
नेता, कर्मचारी र व्यापारीले राज्यलाई लुटेर पहुँचको आधारमा उम्कन दबाब दिन्छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई लुट्ने छुट कसैलाई नभएको बताएका छन् । पहुँचको आधारमा कसैलाई छुट दिन नसक्ने बताएका हुन् ।राजनीतिक दलका नेता, कर्मचारी, व्यापारीले राज्यलाई लुट्ने र पहुँचको आधारमा उम्कन दबाब दिने गरेको उनको आरोप छ ।

वर्तमान सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने उनको दाबी छ । ‘अपराध गर्ने नेतालाई समात्यो हाम्रो नेता हो भन्छन् । कर्मचारीलाई पक्रियो कर्मचारीले आवाज निकाल्न थाल्छन् कर्मचारीलाई त त्यसो गर्न भएननी भनेर । उद्योग व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ’, गृहमन्त्री श्रेष्ठले थपे, ‘उद्योग व्यवसायीलाई यसो गर्न भएननि हाम्ले कर तिरेका छौँ, अर्थतन्त्र धानेका छौँ भन्छन् । हामीले भनेकै छौँ त निजी क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’

शुक्रबारदेखि पोखरामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री श्रेष्ठले जालसाँजी र अपराधमा छुट दिनै नसकिने बारबार दोहोराए ।

 

प्रतिक्रिया दिनुहोस