काठमाडौं । आवश्यक कामदारहरूको अभाव हुन थालेपछि त्यसलाई चिर्न जर्मनीले हप्तामा चार दिन मात्रै काम गर्ने कार्यक्रम सुरु गरेको छ । हप्तामा अरू बेला काम गरेको जस्तै पैसा, सेवा, सुविधा र अरू फाइदा हुनेगरी नयाँ कार्यक्रम ल्याइएको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।
डिडब्लूका अनुसार फेब्रुअरी १ अर्थात् आजबाट जर्मनीका ४५ कम्पनीहरूले यो सुविधा सुरु गर्ने भएका हुन् । यो कार्यक्रम आधा वर्षसम्म प्रयोग गरिने भएको हो । हप्तामा चार दिन कामको पक्षमा रहेकाहरूले यस्तो गरेमा दक्ष कामदारहरूको अभाव नहुने र उत्पादकत्व पनि बढ्ने तर्क गर्दै आएका छन् । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।
तर, यसमा पछिल्लो समयमा दक्ष कामदारहरू टिक्न छोडेको र उत्पादकत्वमा ह्रास आएको भन्दै त्यसलाई चिर्न कार्यक्रम ल्याउनुपर्ने आवाज उठ्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १८ माघ २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीद्वारा यूक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा