काठमाडौं। सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको बैवाहिक बलात्कार मुद्दाको फाइल झिकाउने आदेश जारी गरेको छ । आज (बुधबार) सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुनिल पोखरेलको इजलासले उक्त मुद्दाको फाइल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको हो ।
निलम्बित न्यायाधीश गिरीलाई उनकै पत्नी आरतीले बैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिईन् । आरतीले काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेकीमा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । जिल्ला अदालतको आदेश विरुद्ध आरती उच्च अदालत पाटन गएकी थिईन् । उच्च अदालत पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेकी थिईन् ।
निलम्बित न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने निवेदक आरतीको माग छ । उक्त मुद्दामा सुनुवाइका लागि माघ २४ गते अर्को पेशी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार