काठमाडौं। सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको बैवाहिक बलात्कार मुद्दाको फाइल झिकाउने आदेश जारी गरेको छ । आज (बुधबार) सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुनिल पोखरेलको इजलासले उक्त मुद्दाको फाइल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको हो ।
निलम्बित न्यायाधीश गिरीलाई उनकै पत्नी आरतीले बैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिईन् । आरतीले काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेकीमा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । जिल्ला अदालतको आदेश विरुद्ध आरती उच्च अदालत पाटन गएकी थिईन् । उच्च अदालत पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेकी थिईन् ।
निलम्बित न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने निवेदक आरतीको माग छ । उक्त मुद्दामा सुनुवाइका लागि माघ २४ गते अर्को पेशी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी