काठमाडौँ । नेकपा (एमाले) का नेता बसन्त नेम्वाङ अकस्मात् बिरामी भएका छन्। नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका थिए। उनी नेकपा (एमाले) को ताप्लेजुङ इन्चार्ज हुन्।
बुधबार बिहान साढे ११ बजेतिर उनी बिरामी परेर शरीरको एक भाग नचल्ने भएको थियो। एमाले ताप्लेजुङ जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका नेम्वाङ बिरामी भएपछि जिल्ला अस्पताल लगिएको छ।
उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी छ। नेम्वाङ बिरामी भएको र हेलिकप्टर मगाएर काठमाडौँ ल्याउने तयारी गरिएको एक नेताले जानकारी दिए । नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभा सदस्यसमेत छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी