काठमाडौँ । नेकपा (एमाले) का नेता बसन्त नेम्वाङ अकस्मात् बिरामी भएका छन्। नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका थिए। उनी नेकपा (एमाले) को ताप्लेजुङ इन्चार्ज हुन्।
बुधबार बिहान साढे ११ बजेतिर उनी बिरामी परेर शरीरको एक भाग नचल्ने भएको थियो। एमाले ताप्लेजुङ जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका नेम्वाङ बिरामी भएपछि जिल्ला अस्पताल लगिएको छ।
उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी छ। नेम्वाङ बिरामी भएको र हेलिकप्टर मगाएर काठमाडौँ ल्याउने तयारी गरिएको एक नेताले जानकारी दिए । नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभा सदस्यसमेत छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु