सुनसरी । सुनसरीमा वृद्ध बुवाको हत्या गरेको आरोपमा २१ वर्षका युवक पक्राउ परेका छन्।
७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा प्रहरीले इनरुवा नगरपालिका- ८ का २१ वर्षीय चिबु रिसिदेवलाई पक्राउ गरेको हो।
उनले घरायसी लेनदेनमा विवाद हुँदा यही माघ ११ गते बुवालाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका वृद्धको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा गएको सोमबार मृत्यु भएको थियो।
बुवाको मृत्युपछि उनका छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा युवकको हत्या
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ
आफ्नै घरमा मृत भेटिइन् महिला, हत्याको आशंका