सुनसरी । सुनसरीमा वृद्ध बुवाको हत्या गरेको आरोपमा २१ वर्षका युवक पक्राउ परेका छन्।
७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा प्रहरीले इनरुवा नगरपालिका- ८ का २१ वर्षीय चिबु रिसिदेवलाई पक्राउ गरेको हो।
उनले घरायसी लेनदेनमा विवाद हुँदा यही माघ ११ गते बुवालाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका वृद्धको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा गएको सोमबार मृत्यु भएको थियो।
बुवाको मृत्युपछि उनका छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या