काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले मुलुकलाई अघि बढाउनका लागि भ्रष्टाचारलाई शून्यतामा पुर्याउनुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरू एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका हुन् ।
मंगलवार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना विगतका अभिव्यक्तिहरू पनि देश विकासका लागि एकताबद्ध प्रयास गर्नुपर्नेमा केन्द्रित रहेको बताए ।
अध्यक्ष ओलीले राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने पनि पनि बताएका छन् । उनले नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम गर्न नहुने पनि बताए । उनले भने,‘राष्ट्रिय एकता, राष्ट्रिय संकल्प, राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय आत्मविश्वास यसका साथ अगाडि बढ्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी