काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले मुलुकलाई अघि बढाउनका लागि भ्रष्टाचारलाई शून्यतामा पुर्याउनुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरू एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका हुन् ।
मंगलवार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना विगतका अभिव्यक्तिहरू पनि देश विकासका लागि एकताबद्ध प्रयास गर्नुपर्नेमा केन्द्रित रहेको बताए ।
अध्यक्ष ओलीले राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने पनि पनि बताएका छन् । उनले नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम गर्न नहुने पनि बताए । उनले भने,‘राष्ट्रिय एकता, राष्ट्रिय संकल्प, राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय आत्मविश्वास यसका साथ अगाडि बढ्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली