काठमाडौँ । प्रहरीले ठगीमा संलग्न एकजना युवकलाई पाँचथरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज घर भएका २६ वर्षीय डम्बर शाह छन् । दुई वर्षको बिचमा उनले डेढ अर्बको कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
अनलाइनमार्फत ‘पार्शल पठाएको छु’ भनेर पीडितलाई विश्वास दिलाएपछि सामान छुटाउन पैसा डिपोजिट गर्न लगाउने गिरोहसँग शाहको ‘कनेक्सन’ भेटिएको छ । पार्सल पठाउने नाममा ठग्ने गिरोहले डम्बरको खातामा पैसा डिपोजिट गर्न लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पछिल्लो दुई वर्षको बिचमा ३४ वटा खाताबाट डम्बरको खातामा पैसा डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ ।
ठग्ने समूहले पार्सल हिँडेको भन्ने र भन्सारले सामान रोकेको बहाना बनाएर ठग्दै आएका छन् । त्यसबारे अनुसन्धान गर्दा शाहले चारवटा विकल्प दिएर ठगीमा संलग्न आरोपीहरूको रकमको कारोबार गर्ने गरेको भेटिएको छ ।
आफ्नो खातामा जम्मा भएको पैसालाई क्रिप्टोमा रूपान्तरण गर्ने, नगद चाहिनेलाई नगद र खातामा राख्न चाहनेलाई उनले राख्ने सुविधा दिँदै आएका थिए । सो बापत उनले कमिसन लिने गरेको अनुसन्धानमा संलग्न इन्स्पेक्टर निर्मल थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ