मस्कको कम्पनीले गर्‍याे पहिलो पटक मानिसमा वायरलेस ब्रेन चिप प्रत्यारोपण

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १० : ५४
मस्कको कम्पनीले गर्‍याे पहिलो पटक मानिसमा वायरलेस ब्रेन चिप प्रत्यारोपण

काठमाडौं । टेक अर्बपति एलोन मस्कको कम्पनी न्यूरालिंकले पहिलो पटक मानिसमा वायरलेस मस्तिष्क चिप सफलतापूर्वक प्रत्यारोपण गरेको छ।

प्रारम्भिक नतिजाले राम्रो न्यूरोन स्पाइक्स पत्ता लगाएको र जसमा प्रत्यारोपण गरिएको बिरामी निको भैरहेको मस्कले बताए।

कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहेको भन्दै जटिल न्यूरोलोजिकल रोगसँग लड्न मद्दत गर्न सक्ने बताएको छ ।

मस्कको कम्पनीलाई एफडीएले गत वर्ष मे महिनामा मानिसमा चिप परीक्षण गर्न अनुमति दिएको थियो।

यसअघि कपालभन्दा पातलो यो चिप रोबोटमा प्रयोग भइसकेको छ, कम्पनीले ६ वर्षदेखि यो चिपमा काम गरिरहेको छ । यो चिप ‘मुभमेन्ट इन्टेन्सन’ नियन्त्रण गर्ने मस्तिष्कको भागमा जडान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस