जनताको बहुदलीय जनवादलाई छाड्नु आत्मघाती हुन्छ : माधव नेपाल

सफल खबर संवाददाता

सोमबार, १५ माघ २०८०, १९ : ०२
जनताको बहुदलीय जनवादलाई छाड्नु आत्मघाती हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको बहुदलीय जनवादलाई छाड्न नसकिने प्रस्ट पारेका छन् ।

केन्द्रीय परिषद्को बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले जबजले पार्टीलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गरे । जबजलाई छाडे पार्टीको इतिहास समाप्त हुने उनको भनाइ छ ।

उनले भने, ‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो । हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं । कम्युनिष्टविरोधी अभियान चलिरहेको छ । त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन । बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन। त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौँ । त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो । जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔँ भन्ने मान्यता आत्मघाती मान्यता हो ।’