काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको बहुदलीय जनवादलाई छाड्न नसकिने प्रस्ट पारेका छन् ।
केन्द्रीय परिषद्को बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले जबजले पार्टीलाई नयाँ उचाइमा पुर्याएको दाबी गरे । जबजलाई छाडे पार्टीको इतिहास समाप्त हुने उनको भनाइ छ ।
उनले भने, ‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो । हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं । कम्युनिष्टविरोधी अभियान चलिरहेको छ । त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन । बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन। त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौँ । त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो । जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔँ भन्ने मान्यता आत्मघाती मान्यता हो ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्व हस्तान्तरण
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष