एजेन्सी । माल्दिभ्सको संसद्मा विपक्षी र सत्तारूढ दलका सांसदबीच हात हालाहाल भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई अनुमोदन गरेको विषयलाई आइतबार संसदमा तनाब भएको हो ।
मुइज्जु सरकारका समर्थक र विपक्षी सांसदहरूबीच संसद्मै झडप भएको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार कतिपय सांसदले सभामुखको कुर्सीमा हर्न फुकेर विरोध जनाएका थिए ।
झडपमा केही सांसदको टाउकोमा चोट लागेको र एक सांसदलाई अस्पताल लैजानु परेको समाचारमा उल्लेख छ । संसदमा भएको यो झगडाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
माल्दिभ्समा मोहम्मद मुइज्जुको सरकारलाई चीन समर्थक र त्यहाँको विपक्षीलाई भारत समर्थक मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ माघ २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग