एजेन्सी । माल्दिभ्सको संसद्मा विपक्षी र सत्तारूढ दलका सांसदबीच हात हालाहाल भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई अनुमोदन गरेको विषयलाई आइतबार संसदमा तनाब भएको हो ।
मुइज्जु सरकारका समर्थक र विपक्षी सांसदहरूबीच संसद्मै झडप भएको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार कतिपय सांसदले सभामुखको कुर्सीमा हर्न फुकेर विरोध जनाएका थिए ।
झडपमा केही सांसदको टाउकोमा चोट लागेको र एक सांसदलाई अस्पताल लैजानु परेको समाचारमा उल्लेख छ । संसदमा भएको यो झगडाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
माल्दिभ्समा मोहम्मद मुइज्जुको सरकारलाई चीन समर्थक र त्यहाँको विपक्षीलाई भारत समर्थक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ माघ २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल