काठमाडौ । राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पुर्बान्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार माघ २५ गते सप्तरी र उदयपुर , २६ गते सिरहा र धनुषा ,२७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण संचालन हुनेछ । मुलुकको अबस्था बदल्नको लागि ब्यबस्था परिबर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पुर्ब तयारीको रुपमा अघि बढाईने जनाएको छ ।
कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान, भाबी कार्ययोजना र आन्दोलनको आबश्यकता बारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यतालिका तय गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै