काठमाडौं । आइतबार बिहान नेपालको सीमावर्ती भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदबाट राजीनामा दिए । बिहार राज्यका राज्यपाल राजेन्द्र आर्लेकरलाई उनले राजीनामा बुझाएका थिए ।
जनता दल युनाइटेडका अध्यक्षसमेत रहेका उनले तत्कालीन राज्यका राष्ट्रिय जनता दल र कांग्रेस मिलेर बनेको गठबन्धनबाट पनि राजीनामा दिएका थिए । भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्समा उनी जोडिएका थिए । यद्यपि राजीनामा दिएर उनी पुनः बीजेपीसँगैको अर्को गठबन्धनमा मिलेर मुख्यमन्त्री भएका छन् ।
भारतीय मिडियाहरुका अनुसार मुख्यमन्त्री भएका उनले शपथसमेत लिएका छन् । नीतिषकुमारको यो नवौं पटकको मुख्यमन्त्री कार्यकाल हो । गठबन्धन भने पाँचौं पटक हो ।बिहार विधानसभाको सबैभन्दा पछिल्लो चुनाव सन् २०२० को नोभेम्बरमा भएको थियो । २४३ सीट भएको विहार विधानसभामा नीतिशकुमारको दलले तेस्रो स्थान पाएको थियो ।
इन्डिया टुडेको तथ्यांकअनुसार राष्ट्रिय जनता दलको ७५ र बीजेपीको ७४ सीट आउँदा नीतिशकुमारको जनता दल युनाइटेडको ४३ सीट जितेको छ । कांग्रेसको १९ सीट र अरु बाँकी दलहरुको रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ माघ २०८०, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री बानियाँले तोडे देउवाकै रोहवरमा भएको सहमति
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त