काठमाडौं । आइतबार बिहान नेपालको सीमावर्ती भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदबाट राजीनामा दिए । बिहार राज्यका राज्यपाल राजेन्द्र आर्लेकरलाई उनले राजीनामा बुझाएका थिए ।
जनता दल युनाइटेडका अध्यक्षसमेत रहेका उनले तत्कालीन राज्यका राष्ट्रिय जनता दल र कांग्रेस मिलेर बनेको गठबन्धनबाट पनि राजीनामा दिएका थिए । भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्समा उनी जोडिएका थिए । यद्यपि राजीनामा दिएर उनी पुनः बीजेपीसँगैको अर्को गठबन्धनमा मिलेर मुख्यमन्त्री भएका छन् ।
भारतीय मिडियाहरुका अनुसार मुख्यमन्त्री भएका उनले शपथसमेत लिएका छन् । नीतिषकुमारको यो नवौं पटकको मुख्यमन्त्री कार्यकाल हो । गठबन्धन भने पाँचौं पटक हो ।बिहार विधानसभाको सबैभन्दा पछिल्लो चुनाव सन् २०२० को नोभेम्बरमा भएको थियो । २४३ सीट भएको विहार विधानसभामा नीतिशकुमारको दलले तेस्रो स्थान पाएको थियो ।
इन्डिया टुडेको तथ्यांकअनुसार राष्ट्रिय जनता दलको ७५ र बीजेपीको ७४ सीट आउँदा नीतिशकुमारको जनता दल युनाइटेडको ४३ सीट जितेको छ । कांग्रेसको १९ सीट र अरु बाँकी दलहरुको रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ माघ २०८०, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की