काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आज (आइतबार)देखि सुरु हुँदैछ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११ बजेदेखि सुरु हुने बैठक भोलिसम्म चल्ने छ। बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
एकीकृत समाजवादीले पार्टीको विधान मस्यौदामाथि छलफलका लागि बैठक बोलाएको हो। एकीकृत समाजवादीले यसअघि नै सचिवालय र केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदामाथि छलफल गरिसकेको छ।
एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको समिति बनाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ माघ २०८०, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीका तीनवटै कमिटीकाे बैठक फागुनमा बस्ने
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ : एकीकृत समाजवादी
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल