काठमाडौँ । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।
नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गरेपछि ग्लोबल आईएमई, हिमालयन र प्रभु बैंक कारबाहीमा परेका छन् । यस्तै, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक समेत केन्द्रीय बैंकको फन्दामा परेका छन् । यसबाहेक, रिलायन्स फाइनान्सलाई समेत राष्ट्र बैंकले कारबाही गरेको छ ।
कारबाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाको सूचीमा ३ वाणिज्य बैंक, २ विकास बैंक र १ फाइनान्स कम्पनी छन् । केन्द्रीय बैंकको सुपरभिजन विभागले स्थलगत अनुगमनका क्रममा नियमविपरित काम गरेको पाइएपछि कारबाही गरेको जानकारी दिइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीसँग नियमभन्दा बढी ब्याज असुल गरेर फिर्ता नगरेको पाइएको थियो । यस्तै, कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था नगरेको लगायत छन् ।
यस्तै, अनुगमनका क्रममा पुँजी पर्याप्तता गणना गर्दा नेपाल राष्ट्र बैंकको नियम नमानेको लगायतका नियम उल्लघंन गरेको पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ माघ २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट