काठमाडौँ । हनुमानढोका स्थित प्रहरीको हिरासतबाट लागु औषध कारोबारीलाई भगाएका प्रहरी पक्राउ परेका छन् । तत्कालीन प्रहरी जवान बिरवलराय यादव १६ वर्षपछि पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय प्रहरीको सहयोगमा कलकत्ताबाट पक्राउ गरेर काठमाडौँमा ल्याएको हो । आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छ ।
रौतहटको पथराबुधराम–३ घर भएका बिरवलरायले लागु औषध कारोबारीलाई हिरासतबाट भाग्न सहयोग गरेर आफू पनि सँगै भागेका थिए । कारोबारीसँग रकम लिएर उनले भगाएको आरोप छ । कारोबारीसँगै भागेपछि यादव भारतमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ