काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३.४९ अंक घटेर २०८४.०९ विन्दुमा झरेको छ। बिहीबार तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ । बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०३ प्रतिशत घटेको छ।
सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार