चितवन । गोली हानी गैँडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ का टीकाराम बोहोरा भनिने खेसरबहादुर बोहोरा छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, बोहोरालाई माघ ९ गते हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलबाट पक्राउ गरिएको थियो । वि.सं. २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र ०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्यान्ड क्षेत्रमा गोली हानी गैँडा मारेर खाग काटेर लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
ती घटनामा बोहोरासहित अरू २४ प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् । अरू तीनजना फरार छन् । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ