काठमाडौँ । कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । राष्ट्रिय सभा सदस्यका लागि तीन सदस्यका चुनावी मैदानमा थिए प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो ।
कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन् । प्रदेश सभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो । उनीहरू दुवैजना नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।
राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको हो । कर्णालीमा दलित, महिला र अन्य तर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् । भने एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।
सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार संख्या छ । भने एमालेको मतभार सङ्ख्या एक हजार १९५ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय