विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रियसभा चुनावमा राप्रपासँग गरेको तालमेललाई लिएर एमालेमाथि प्रश्न गरेका छन् । उनले राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो भनेर प्रश्न गरेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा एमालेले राप्रपासँग तालमेल गरेको छ । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले निर्वाचन परिणामबारे आशंका नरहेको बताए । तर चुनावी परिणाम जे आएपनि राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्ने बताए ।
राप्रपाले फागुनबाट राजसंस्था पुनस्र्थापना गर्छु भनेर आन्दोलन घोषणा गरेको भन्दै उनले एमालेलाई प्रश्न गरे, ‘एमाले राप्रपा उम्मेदवार जितोस भन्ने चाहान्छ । एमालेले क राजसंस्था पुनस्थापित गर्छु भन्ने व्यक्तिलाई निर्वाचित गराएर त्यो आन्दोलनलाई राष्ट्रिय सभामा प्रवेश गराउन चाहेको हो ।’
परिणाम सत्ता गठबन्धनको पक्षमा आउने दाबी गरेका उनले नैतिक कसीमा चुकेको बताए । एमालेलाई राजनीतिक प्रश्न रहिरहने भन्दै महामन्त्री थापाले भने भने, ‘नैतिक कसीमा नेकपा एमाले पटक-पटक चुकेको छ, फेरि चुक्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा